शहिद आत्माहरूलाई श्रद्धान्जली

  • Home
  • /
  • शहिद आत्माहरूलाई श्रद्धान्जली

शहिद आत्माहरूलाई श्रद्धान्जली

आफ्ना जाति अनि माटोको निम्ति शहिद बनेका समस्त महान आत्माहरूलाई आज शहिद दिवसको अवसरमा म अन्तर्मनबाट नमन गर्दै हार्दिक श्रद्धान्जली व्यक्त गर्दछु| शहिदका सपनाहरूलाई साकार पार्ने जिम्मा सभ्य समाजमा सबैको हुँदछ| सांसदको रूपमा यस क्षेत्रमा मेरो प्रवेश भएपछि त्यो जिम्मेवारी म स्वयंभित्र पनि रहेको ठान्दछु| यस भेकमा शहिद जन्मिनुको मूल कारण संवैधानिक माग गर्दा बढेको तृणमूल पार्टीको सरकारको अत्याचार मुख्य हो| आज पनि यहाँ राज्यको अत्याचार चरम सीमामा छ| कलम चलाउने र बोल्नेलाई जेल पठाइन्छ| असहाय बनाएर घर कुड्की गरिन्छ| साँच्चै भन्नु हो भने पहाडमा प्रजातन्त्र छैन, बङ्गालमा नै प्रजातन्त्र छैन| तर अब समयले कोल्टे फेरेको छ| भारतीय जनता पार्टीले पहाडलाई तृणमूल सरकारको अत्याचारबाट मुक्ति दिनेछ| 


पहाडले मलाई अकल्पनीय मतले विजयी बनाएको छ| यो जीत शहिदको सम्मान हो, उहाँहरुको त्यागको जीत हो, जनताको आकांक्षाको जीत हो| हामी विजयी भएर पनि विजय उत्सव मनाउन पाएका छैनौं| हाम्रा समर्थकहरू अझैपनि झुटो मुद्दामा जेलमा छन्| तर सबैलाई न्याय दिलाएर हामी छिट्टै नै विजय उत्सव मनाउने छौं| पश्चिम बङ्गाल राज्य आज राजनैतिक, सामाजिक, आर्थिक, शैक्षिक सबै क्षेत्रमा कमजोर बनेको छ| बङ्गालको यस अवस्थाको जिम्मेवार तृणमूल पार्टी अनि यसको नेतृत्व हो| माननीय नरेन्द्र मोदीको प्रधान मंत्रित्वमा भारतीय जनता पार्टीले बङ्गालको गौरवलाई पुनः वापस फर्काउनेछ| आज शहिद दिवसको उपलक्ष्यमा शहिदको सम्मानमा मेरो शिर झुकाएर उहाँहरूले देखेको सपना पुरा गर्ने वचन दिँदछु|

(0) Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *