सांसद राजु बिष्टले केन्द्रिय गृहमन्त्री अमित शाह लाई दार्जीलिंग लोकसभा क्षेत्र सम्बन्धित विभिन्न मुद्दाहरूको जानकारी गराए

  • Home
  • /
  • सांसद राजु बिष्टले केन्द्रिय गृहमन्त्री अमित शाह लाई दार्जीलिंग लोकसभा क्षेत्र सम्बन्धित विभिन्न मुद्दाहरूको जानकारी गराए
Darjeeling MP Raju Bista meets Home Minister

सांसद राजु बिष्टले केन्द्रिय गृहमन्त्री अमित शाह लाई दार्जीलिंग लोकसभा क्षेत्र सम्बन्धित विभिन्न मुद्दाहरूको जानकारी गराए

आज सांसद राजु बिष्टले केन्द्रिय गृहमन्त्री माननीय अमित शाहसँग भेटघाट गरी दार्जीलिंग लोकसभा क्षेत्र सम्बन्धित विभिन्न मुद्दाहरूको जानकारी गराएका छन्|

सबैभन्दा पहिला उनले ७ जुलाई २०१९ मा भएको लगातार वर्षाको कारण दार्जीलिंग, तराई अनि डुवर्समा क्षेत्रव्यापी रुपमा गएको पैह्रोको कारणले भएको धनजनको क्षतिको बारेमा बताउँदै यसले यहाँको पूर्वाधारहरूलाई क्षति पुगेको जानकारी गृहमन्त्रीलाई गराएका छन्|

Darjeeling MP Raju Bista meets Home Minister

सितम्बर २०१७ देखि यता गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेसनको फण्डको चरम अपप्रयोग गरिएको जानकारी गराउंदै पूर्वाधारका निर्माण कार्यहरूमा काम सब-स्टानर्डड कार्य भएको अनि त्यसको फण्डलाई डाईभर्ट गरेर चुनाउमा तृणमूल काँग्रेसको खर्चको निम्ति प्रयोग गरिएको सांसद विष्टले बताएका छन्| विशेष गरी प्रधानमन्त्री आवास योजनालाई विभिन्न नाममा निष्पादन गरेर विभिन्न विकास बोर्डहरूका कार्यहरूमा भ्रष्टाचार भएको विषयमा सांसदले गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन| सांसद विष्टले गृहमन्त्रीलाई जीटीए अनि विकास बोर्डहरूमा पठाइएका केन्द्रिय कोषहरूका बारेमा केन्द्रिय अडिट गरिनुपर्ने अनुरोध गरेका छन्|

यसका साथै सांसदले गोर्खा जातिका छुटेका ११ जात गोष्ठीलाई जनजाती बनाउनु पर्ने विषयमा चाँडो काम गरिनुपर्ने पनि बताएका छन्|

आफ्नो संसदीय क्षेत्रमा प्रजातन्त्रको पूर्ण अभाव रहेको बारेमा बताउँदै सांसद बिष्टले पश्चिम बङ्गाल पुलिसले टीएमसीको भातृ संगठनले झैं निरन्तर कार्य गरिरहेको जानकारी पनि गृहमन्त्रीलाई गराएका छन्| उनले बङ्गाल पुलिसले गोर्खा जनमुक्ति मोर्चाका बिमल गुरुङका इमान्दार कार्यकर्ताहरूलाई पक्राउ गरिरहेको, आर बी वाइबालाई यातना दिएको, जीएनएलएफ नेता अजय एडवर्डलाई थानामा रोकेको अनि टीएमसी पार्टीको विरुद्धमा जानेहरूलाई अनि उनीहरूको परिवारको सदस्यहरूलाई निरन्तर सताएको जानकारी पनि गृहमन्त्री समक्ष राखेका छन्| यसका साथै उनले सिलगडी, मतिगडा, फाँसीदेवा अनि चोपडाका भारतीय जनता पार्टीका नेताहरूलाई सत्ताले निरन्तर दुख दिएको पनि जानकारी गराउंदै पुलिसले कसरी बीजेपी कार्यकर्ता अनि समर्थकहरूलाई सताउँछ भन्ने जानकारी दिएका छन्| उनले पुलिस अत्याचार माथि खोजबिन अनि आवश्यक कारवाईको निम्ति अपील गर्दै जसले कानुनको साथै न्याय प्रणालीको उपहास गरेका छन् उनीहरूलाई उचित कारवाई गरिनुपने बताएका छन्|

Darjeeling MP Raju Bista meets Home Minister

सबैभन्दा महत्वपूर्ण कुराको रूपमा सांसदले यो क्षेत्र देशको सानो ‘चिकन नेक’ भएको यस क्षेत्रको कारणले हुने राष्ट्रिय सुरक्षा सम्बन्धको गम्भीरता बारेमा प्रकाश पार्दै रोहिंग्या अनुप्रवेशले भारत-बंगलादेश सीमा क्षेत्रमा अवैध अनि राष्ट्र विरोधी कार्यहरूले प्रोत्साहन पाएको जानकारी गराएका छन्| उनले कुराको गम्भीरतालाई बुझाउंदै किन र कसरी दार्जीलिंग पहाड, तराई अनि डुवर्सको दीर्घलम्बित राजनैतिक मागको स्थायी राजनैतिक समाधानको खाँचो रहेको छ भन्ने बारेमा गृहमन्त्रीलाई प्रकाश पार्दै यस क्षेत्रमा स्थायी शान्तिका निम्ति कार्य गरेर देशकै अति संवेदनशील क्षेत्रलाई सुरक्षित गरिनुपर्ने कुरा गृहमन्त्रीलाई बताएका छन्|

गृहमन्त्रीले सांसदलाई यी सबै कुराहरूलाई उनले अवलोकन गरेको अनि यस क्षेत्रको स्थिति बारेमा सचेत रहेको बताउँदै सांसदले गरेको आग्रहमाथि आवश्यक कारवाई गरिने जानकारी गराएका छन्|

राजु विष्टको कार्यालय

संसद सदस्य

(0) Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *